Logo

नेपाल पपुवा न्युगिनीसँग पराजित



काठमाडौँ, ११ चैत । पपुवा न्युगिनी(पीएनजी)सँगको पहिलो एकदिवसीय क्रिकेटमा नेपाल पराजित भएको छ ।

त्रिवि क्रिकेट मैदानमा पीएनजीले दिएको दुई सय ९३ रनको कीर्तिमानी लक्ष्य पछ्याएको नेपालले निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर दुई सय ८६ रन मात्र बनाउन सक्यो ।

नेपालका लागि युवा ब्याटर रोहित पौडेलले शतकीय पारी खेले । उनले एक सय सात बलमा एक सय २६ रन बनाए । यस्तै आरिफ शेखले ३४ र कुशल भुर्तेलले ३२ रन बनाए ।

त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको पीएनजीले निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर दुई सय ९२ रन बनायो । पीएनजीका लागि चार्ल्स अमिनीले ७३, असाद भालाले ६० र नोर्मान भानुआले ४७ रन बनाए ।

बलिङतर्फ नेपालका लागि कमल ऐरी, सोमपाल कामी र दीपेन्द्रसिंह ऐरीले २-२ विकेट लिए । यस्तै सन्दीप लामिछाने र पवन सर्राफले १-१ विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्