Logo

निर्वाचनमा बामपन्थी पार्टीमा माओवादी पहिलो हुन्छ: पौडेल



 

बागलुङ, ११ चैत । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले आगामी निर्वाचनमा माओवादी बामपन्थी शक्तिमा पहिलो पाटी हुने बताएका छन् ।

नेकपा माओवादी केन्द्र ढोरपाटन, निसी र तमान खोलाले शुक्रबार आयोजना गरेको राजनीतिक एवम् बैचारिक प्रशिक्षणमा मन्त्री पौडेलले आगामी निर्वाचनमा बामपन्थी शक्तिमा माओवादी पहिलो हुने बताए । उनले त्याग, तपस्या र जनताका लागि दुःख गरेको पार्टी माओवादी भएकाले प्रतिक्रियावादीहरुले भ्रम फैलाइरहेको आरोप लगाए ।

“माओवादी पार्टी अब निर्वाचन नजित्ने ठाउँमा पुगेको भन्ने प्रचार भइरहेको” मन्त्री पौडेलले भने, “देशी विदेशी शक्तिले चौतर्फी हमला गरिरहेको छ ।” पार्टीको महाधिवेशन सम्पन्नपछि पार्टी पुर्ननिर्माणको क्रममा रहेको भन्दै आगामी निर्वाचनमा पहिलो बामपंथी शक्ति हुने बताए ।

जनक्रान्तिको कार्यभार अझै बाँकी रहेको भन्दै सुशासन र समृद्धि हुँदै समाजवादको यात्रामा रहेको बताए । संविधानको प्रस्तावनामा जनताको मैलिक हक अधिकारको कुरा लेख्ने पार्टी माओवादी भएको भन्दै अहिलेका स्थापित मुद्धाको मार्गचित्रमा माओवादी भएको उल्लेख गरेका छन् । “हामीले बलिदान, त्याग र तपस्या र आत्म बलिदान नगरेको भए अहिलेको परिर्वतन आउने थिएन, उनले भने, “माओवादीले प्राप्त गरेका उपलब्धी जीवन्त रहन्छन् ।”

माओवादी पार्टीबाट सरकारको जिम्मा लिनुभएका साथीहरुले धोका दिए (बादल समूह)। ”उनले भने, “बैचारिक बहस थियो तर सरकारमै सहभागी भएर जिम्मेवारी लिएर धोका दिएका कमरेडहरु अहिले माओवादीलाई सराप्दै हिँडेका छन् ।”

मन्त्री पौडेलले आगामी निर्वाचनमा हामी आफ्नै बलबुतामा चुनाव लड्नु प्रमुख भएको भन्दै जनताका काममा थप लाग्न आग्रह गरेका थिए । हिजोको स्थितिमा माआवादी नभएको भन्दै पार्टी पहिलेभन्दा सुढृढीकरण भएको उनको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्