Logo

‘सूर्य चिह्न नहुँदैमा हाम्राे पार्टीलाई निर्वाचनमा अप्ठ्याराे पर्दैन’



 

काठमाडौँ, ११ चैत । सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले सूर्य चिह्न नहुँदैमा आफ्नो पार्टीलाई निर्वाचनमा कुनै अप्ठ्यारो नपर्ने बताएका छन् ।

अध्यक्ष नेपालले कलम चिह्न लिएर राष्ट्रिय सभा निर्वाचनमा विजयको सुरुवात भइसकेको भन्दै सूर्य चिह्न नहुँदैमा आउँदो निर्वाचनमा कुनै अप्ठ्यारो नपर्ने दाबी गरेका छन् ।

पार्टी निकट मजदुरहरूको सङ्गठन एकीकृत ट्रेड युनियन महासङ्घ नेपालले आज काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले भने, ‘हामीले राष्ट्रिय सभामा कलम चिह्नले विजयको सुरुवात गरिसक्यौँ । तर कतिपयलाई सूर्य चिह्न नहुँदा अप्ठ्यारो पर्छ कि भन्ने लाग्ला । कलम चिह्नले जित्न थालिसकेको छ । राष्ट्रिय सभा सदस्य चुनावमा एउटाबाहेक सबैलाई जिताएर देखाएका छौँ । अब स्थानीय तहको चुनावमा हामी जुट्नुपर्नेछ ।’

अध्यक्ष नेपालले केपी ओली नेतृत्वको एमालेलाई गफाडीको संज्ञा दिए । उसले सरकारमा हुँदा पनि गफबाहेक अरू केही पनि काम नगरेको उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्