Logo

विश्वकप छनोट अन्तर्गत अर्जेन्टिनासँग भेनेजुएला पराजित



काठमाडौँ, १२ चैत । फिफा विश्वकप छनोट अन्तर्गत दक्षिण अमेरिकी छनोटमा अर्जेन्टिनाले भेनेजुएलालाई ३-० गोल अन्तरले हराएको छ।

शनिबार बिहान भएको खेलमा अर्जेन्टिनालाई जित दिलाउन ३५औं मिनेटमा निकोलस गोन्जालेज, ७९औं मिनेटमा एन्जल डी मारिया र ८२औं मिनेटमा कप्तान लियोनल मेस्सीले एक-एक गोल गरेका हुन् ।

यो जितसँगै १६ खेलबाट ३८ अंक जोडेको छ । अर्जेन्टिना तालिकाको दोस्रो स्थानमा रहेको छ । अर्जेन्टिना विश्वकपमा छनोट पनि भईसकेको छ। भेनेजुएला १० अंक जोडेर पुछारमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्