Logo

आजबाट आइपिएल सुरु हुँदै



काठमाडौँ, १२ चैत । इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेट आजबाट सुरु हुँदैछ । आईपीएल अन्तर्गत पहिलो दिन आज एकमात्र खेल हुनेछ ।

मुम्बईको वान्खडे स्टेडियममा हुने उद्घाटन खेलमा चेन्नई सुपर किङस र कोलकत्ता नाइट राइडर्सबीच प्रतिस्पर्धा हुनेछ । चेन्नई र कोलकत्ताबीचको खेल नेपाली समय अनुसार साँझ ७ः४५ मा सुरु हुनेछ ।

गत संस्करण‍मा चेन्नई विजेता बनेको थियो । यस पटकको आईपीएलमा १० टोलीको सहभागिता रहेको छ ।

प्रतिक्रिया दिनुहोस्