Logo

अबको पालो युवाको भन्दै मेचीनगरमा र्‍याली



मेचीनगर, १२ चैत । स्वतन्त्र युवा समूह मेचीनगर-१२ ले शनिबार युवा मिलन तथा बृहत शान्ती र्‍याली कार्यक्रम सम्पन्न गरेको छ ।

विशेषत: स्थानिय निकायमा युवाहरुको उपस्थिति हुनु पर्ने मागसहित सम्पन्न भएको उक्त र्‍यालीमा १५० भन्दा बढी स्थानीय युवाहरुको उपस्थिति रहेको थियो ।

सो र्‍यालीमा हामी युवा एक हौँ, नेपाली जनता होसियार, अबको पालो युवाको जस्ता नारा लगाएर वडा परिक्रममा गरिएको स्थानीय युवा दुसान्त कोइरालाले जानकारी दिए ।

मेचीनगर नगरपलिका वडा नं-१२ कालिझोडाको खेल मैदानबाट सुरु भएको र्‍याली वडाका विभिन्न स्थानहरुको परिक्रमा गर्दै सहरेडाँगीमा पुगेर कोणसभामा परिणत भएको थियो ।

उक्त कोणसभालाई स्थानीय युवा नेत्रप्रसाद मिश्र र बरुण राजवंशी लगायतले सम्बोधन गरेका थिए ।

मिश्रले अबको समयमा युवा नेतृत्व अपरिहार्य रहेको र युवा अब कसैको दबाब र अभावमा नपर्ने समेत चुनौती दिए ।

‍उक्त कोणसभाको सञ्चालन हरिकृष्ण भण्डारीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्