Logo

पीएनजीसँग नेपालको लगातार दोस्रो हार



काठमाडौँ, १२ चैत । नेपालसँगको दुई खेलको एकदिवसीय क्रिकेट श्रृंखलामा पाहुना टोली पपुवा न्यूगिनी (पीएनजी)ले क्लिन स्विप गरेको छ ।

आजको दोस्रो एकदिवसीयमा पीएनजीले नेपाललाई तीन विकेटले हराएको हो ।

नेपालले जितका लागि दिएको २ सय ७९ रनको लक्ष्य पपुवा न्यूगिनीले ४८ ओभर ४ बलमा ७ विकेट गुमाउँदै भेट्टायो । घरेलु मैदानमा पपुवा न्यूगिनीसँग नेपालको लगातार यो दोस्रो हार हो । यसअघि हिजो भएको खेलमा नेपाल ६ रनले पराजित भएको थियो ।

कीर्तिपुर मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले दिपेन्द्रसिंह ऐरीको शतकमा ८ विकेट गुमाएर दुई सय ७८ रन बनाएको थियो । ऐरीले आजको खेलमा सर्वाधिक १ सय ५ रन जोडे ।

त्यस्तै देव खनालले ७२, रोहित पौडेलले ३५, भीम सार्कीले २६ र सन्दीप लामिछाने २४ रन बनाएका थिए ।

पपुवा न्युगिनीका एली नाओले ३ तथा नर्मन भानुवाले २ विकेट लिए । चाद सोपर र चाल्स अमिनीले एक-एक विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्