Logo

राष्ट्रपति भण्डारीसँग चीनका विदेश मन्त्री वाङको शिष्टाचार भेट



काठमाडौँ, १३ चैत । राष्ट्रपति विद्यादेवी भण्डारीसँग नेपालको तीन दिने भ्रमणमा रहेका चीनको राज्य परिषद्का सदस्य एवम् विदेश मन्त्री वाङ यीले आज शिष्टाचार भेट गरेका छन् ।

राष्ट्रपति भवन शीतल निवासमा आज भएको भेटमा उनीहरुबीच आपसी हित र चासोका विषयमा कुराकानी भएको जनाइएको छ ।

​​​​​​​विदेश मन्त्री वाङले आजै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।

प्रतिक्रिया दिनुहोस्