Logo

पाेखराकाे वायु प्रदूषण घातक अवस्थामा



पोखरा, १३ चैत । पोखराको वायु प्रदूषण मानव स्वास्थ्यका लागि घातक अवस्थामा पुगेको छ । अहिले पोखरामा वायु प्रदूषण मापन सूचक एक्यूआई दुई सय १७ पुगेको छ ।

एक्यूआई दुई सय भन्दा माथि पुग्नुलाई त्यहाँको हावा मानव स्वास्थ्यका लागि घातक मानिन्छ । यस्तै एक्यूआई एक सय ५० भन्दा माथि पुग्नुलाई त्यहाँको हावाको अवस्था मानव स्वास्थ्यका लागि हानिकारक मानिन्छ ।

अहिले बाराको सिमरा, चितवनको भरतपुर, बाँकेको नेपालगञ्ज, कीर्तिपुर, धनकुटा लगायतका ठाउँको वायु प्रदूषण हानिकारक अवस्थामा रहेको वातावरण विभागले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्