Logo

आगलागी हुँदा एक जनाको मृत्यु



उदयपुर, १४ चैत । उदयपुरको उदयपुरगढी गाउँपालिका-१ शिखरपुरमा आगलागीमा परेर एक जनाको मृत्यु भएको छ । आठ घरमा क्षति पुगेको छ ।

आइतबार दिउँसो लागेको आगोका कारण त्यहाँकी ६८ वर्षीया शिवमाया मगरको घटनास्थलमै मृत्यु भएको उदयपुरका प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवले जानकारी दिए ।

उनका अनुसार विद्युत् सर्ट भएर आगो लागेको अनुमान गरिएको छ । घटनाको अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्