Logo

आईपीएल: पन्जाब र दिल्ली विजयी



मुम्बई, १४ चैत । इन्डियन प्रिमियर लिग (आईपीएल)मा पन्जाब किङ्स र दिल्ली क्यापिटल्सले विजयी सुरुआत गरेका छन् ।

आइतबार राति भएको खेलमा पन्जाबलले बैंलोरमाथि ५ विकेटको जित हात पार्‍यो । बैंलोरले दिएको २०६ रनको लक्ष्य पन्जाबले १९ ओभरमा ५ विकेट गुमाएर पूरा गरेको हो ।

पन्जाबका लागि शिखर धावन र भानुका राजापाकसाले ४३-४३ रन बनाए । त्यस्तै कप्तान मयंक अग्रवालले ३२ रन, ओडेन स्मिथले २५, सारुख खानले २४ रनको योगदान गरे ।

बैंग्लोरका मोहमद सिराजले दुई, आकाश दीप, वानिन्दु हर्शरंङ्गा र हर्शल पटेलले एक-एक विकेट लिए । पहिले ब्याटिङ गरेको बैंलोरले पूरै २० ओभर खेल्दै २ विकेटको क्षतिमा २०५ रन बनाएको थियो ।

बैंग्लोरका कप्तान फाफ डू प्लेसिसले सर्वाधिक ८८ रनको योगदान गरे भने विराट कोहलीले ४१ रन बनाए । दिनेश कार्तिक ३२ र अनुज रावतले २१ को योगदान गरे । पन्जाबका लागि अर्शदीप सिंह र राहुल चहारले एक-एक विकेट लिए ।

यस्तै यसअघि भएको खेलमा मुम्बई इन्डियन्सलाई पराजित गर्दै दिल्ली क्यापिटल्सले विजयी सुरुआत गरेको छ । दिल्लीले ४ विकेटको जित हात पारेको हो ।

१७८ रनको लक्ष्य दिल्लीले १८ ओभर २ बलमा ६ विकेटको क्षतिमा पूरा गरेको हो । दिल्लीका लागि ललित यादवले अविजित ४८ रन, अक्षर पटेलले अविजित ३८ रन, पृथ्वी शले ३८ र शार्दुल ठाकुरले २२ रन जोडे । मुम्बईका बासिल थाम्पीले ३ र मुरुगान आश्विनले २ विकेट लिए।

पहिले ब्याटिङको निम्तो पाएको मुम्बईले २० ओभर खेल्दै ५ विकेट गुमाएर १७७ रन बनाएको थियो । मुम्बईका इशान किशनले अविजित ८१ रन बनाए । कप्तान रोहित शर्माले ४१, तिलक वर्माले २२ र टिम डाभिडले १२ रन बनाए । दिल्लीका कुलदिप यादवले ३ र खलिल अहमेदले २ विकेट लिए।

प्रतिक्रिया दिनुहोस्