Logo

पपुवा न्युगिनीलाई नेपालको चुनौतीपूर्ण लक्ष्य



काठमाडौँ, १४ चैत । नेपालले त्रिकोणात्मक टि२० आई सिरिज अन्तर्गत पहिलो खेलमा पपुवा न्युगिनीलाई १ सय ८४ रनको चुनौतीपूर्ण लक्ष्य दिएको छ

त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर १ सय ८३ रन बनायो ।

नेपालका लागि आशिफ शेखले सर्वाधिक ४३ रन बनाए । यस्तै रोहित पौडेलले ३४, आरिफ शेखले ३१ र कुशल भुर्तेलले २० रन जोडे । बलिङतर्फ पीएनजीका एली नाओ, चाद सोपर र चार्ल्स अमिनीले २-२ विकेट लिए ।

नेपाल, मलेसिया र पपुवा न्युगिनी (पीएनजी) सम्मिलित त्रिदेशीय टी-२० शृङ्खला आजदेखि सुरु भएको हो ।

प्रतिक्रिया दिनुहोस्