Logo

त्रिभुवन विमानस्थलमा हवाई उडान र अवतरण प्रभावित



काठमाडौँ, १६ चैत । कम भिजिबिलिटीका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने उडान र अवतरण आज पनि प्रभावित भएका छन् । आन्तरिक र अन्तर्राष्ट्रिय उडान प्रभावित भएका छन् ।

आज बिहान विमानस्थलको भिजिबिलिटी दुई हजार मिटर छ । न्यूनतम २८ सय मिटरको भिजिबिलिटीमा उडान र अवतरण सहज हुने भएकाले अहिले उडान र अवतरण प्रभावित भएको विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले जानकारी दिए ।

आज बिहानैदेखि काठमाडौँको मौसम धुम्म छ । भिजिबिलिटी कम हुँदा हिजो र अस्ति पनि त्रिभुवन विमानस्थलबाट हुने उडान र अवतरण प्रभावित भएको थियो । मौसममा सुधार हुनेबित्तिकै उडान र अवतरण नियमित हुने प्रवक्ता सिटौलाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्