Logo

नेपालले आज मलेसियासँग खेल्दै



काठमाडौँ, १६ चैत । त्रिदेशीय टी-२० क्रिकेट श्रृंखलामा आज नेपाल र मलेसिया खेल्दैछन् ।

नेपालले आफ्नो दोस्रो खेलमा आज मलेसियासँग खेल्न लागेको हो ।

खेल दिउँसो साढे १२ बजे कीर्तिपुर मैदानमा सुरु हुनेछ । यसअघि पहिलो खेलमा नेपालले पपुवा न्यूगिनी पीएनजीलाई १५ रनले हराएको थियो । त्यस्तै हिजोको खेलमा मलेसियाले पीएनजीलाई ८ रनले हरायो ।

प्रतिक्रिया दिनुहोस्