Logo

‘बी’ डिभिजन लिग: चर्च ब्वाइजको जीत



काठमाडौँ, १६ चैत । शहीद स्मारक ‘बी’ डिभिजन लिग फुटबल प्रतियोगितामा चर्च ब्वाइज क्लब विजयी भएको छ ।

सातदोबाटोस्थित (अखिल नेपाल फुटबल सङ्घ) एन्फा कम्प्लेक्समा आज भएको खेलमा चर्च ब्वाइजले रानीपोखरी कर्नर टिम (आरसिटी) लाई २–० गोल अन्तरले पराजित गर्दै विजयी भएको हो । चर्च ब्वाइजको जीतमा कुवेर न्यौपाने र आशिष चापागार्इंले गोल गरे ।

खेलको ५२औँ मिनेटमा कुवेरले गोल गर्दै चर्च ब्वाइजलाई पहिलो अग्रता दिलाए । त्यसपछि खेलको ७५औँ मिनेटमा आशिषले गोल गर्दै चर्च ब्वाइजलाई २–० को जित दिलाए । यस जीतसँगै चर्च ब्वाइजले १० खेलमा २० अङ्क जोड्दै अङ्क तालिकाको शीर्षस्थानमा रहेको छ । समान खेल खेलेको आरसिटीको १५ अङ्क छ । आरसिटी अङ्क तालिकाको दोस्रो स्थानमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्