Logo

आसन्न स्थानीय निर्वाचनमा महिलाका सवाल विषयक खोजमूलक तालिम सुरु



बिर्तामोड, १६ चैत । आसन्न स्थानीय तह निर्वाचनमा महिलाको सवाल विषयक दुई दिने खोजमूलक पत्रकारिता तालिम आजबाट सुरु भएको छ ।

नारी सञ्चार गृह झापाको आयोजना तथा प्रदेश पूर्वाधार क्षेत्र विकास कार्यक्रमको सहयोगमा सञ्चालित तालिममा ३० जना भन्दा बढी सञ्चारकर्मीहरुको सहभागिता रहेको छ ।

नारी सञ्चार गृह झापाका अध्यक्ष भिमा शिवाकोटीको अध्यक्षतामा भएको उद्घाटन समरोहको प्रमुख अतिथि झापाका प्रमुख जिल्ला अधिकारी छविलाल रिजाल रहेका थिए ।

उक्त तालिम उद्घाटन समरोहमा प्रमुख अतिथि रिजाल, नेपाल पत्रकार महासंघ झापाका उपाध्यक्ष केशव भट्टराई लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

उक्त तालिमको सहजीकरण बबिता बस्नेतले गरिरहेकी छन् । तालिममा बस्नेतले स्थानीय तहको निर्वाचनमा महिलाको सहभागिता के कस्तो रहेको छ लगायतका विषयमा सहजीकरण गर्नेछिन् ।

उक्त अवसरमा प्रेस युनियन झापाका सभापति इन्दु पूर्वेली, पत्रकार सुब्रत न्यौपाने, दिपीन राई, विष्णु मैनाली, खगेन्द्र घिमिरे, विजय बराल लगायतले २०७४ सालको स्थानीय तहको निर्वाचनका आ-आफना अनुभवहरु राखेका थिए ।

उपाध्यक्ष रेजिना गौतमले मन्तव्यबाट स्वागत गरेको कार्यक्रमको सञ्चालन कोषाध्यक्ष जोस्ना श्रेष्ठले गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्