Logo

निर्वाचनमा तालमेल बाध्यकारी होइन्: शर्मा



काभ्रेपलाञ्चोक, १६ चैत । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले निर्वाचनमा तालमेल बाध्यकारी नभएको बताएका छन् ।

उनले पार्टीको काभ्रेपलाञ्चोक जिल्ला समितिद्वारा आज बनेपामा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा आवश्यकताका आधारमा स्थानीय स्थिति र भावनामा भने तालमेल हुने बताए ।

“निर्वाचनमा अन्य दलसँगको तालमेल बाध्यकारी भने हैन, तर आवश्यकताका आधारमा स्थानीय स्थिति र भावनामा तालमेल हुन्छ”, शर्माले भने । उनले पार्टी केन्द्रीय समितिले स्थानीय आवश्यकताको आधारमा सम्बन्धित स्थानीय तहले तालमेल गर्न सक्ने बताए ।

उनले भने, “गठबन्धन हुँदा भने साझा चुनावी घोषणापत्र बनाउनुपर्ने हुन्छ ।” गठबन्धन हुने स्थानीय तहमा सुझबुझपूर्ण ढङ्गले पार्टीले बनाएको नियमकै आधारमा उम्मेदवार छनोट हुने उनले दोहो¥याए ।

नेता शर्माले कांग्रेसलाई अधिकांश स्थानीय तहमा निर्वाचित गराउन तालमेल गर्न लागिएको दाबी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्