Logo

गठबन्धन लोकतन्त्रको मूल्य र मान्यताका आधारमा हुनुपर्ने: नेम्वाङ



काठमाडौँ, १७ चैत । नेकपा (एमाले) का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले चुनावी गठबन्धन लोकतन्त्रको मूल्य र मान्यताका आधारमा हुनुपर्ने बताएका छन् ।

रिपोटर्स क्लब नेपालको २४औँ वार्षिकोत्सवमा आज उपाध्यक्ष नेम्वाङले अहिलेको व्यवस्थामा कुनै दलले बहुमत ल्याउन निकै अफ्ठेरो भएकाले गठबन्धन स्वाभाविक रहेको बताए। तर, गठबन्धन गर्दा लोकतन्त्रको मूल्य र मान्यताका आधारमा भएन भने पछि दुख पाइने उनले बताए ।

“गठबन्धनका कुराहरू आउँछन् । हाम्रो स्पष्ट दृष्टिकोण छ, लोकतन्त्रको मूल्य र मान्यताका आधारमा हुनुपर्छ । त्यो भएको छ छैन, त्यतातिर म टिप्पणी गर्दिन” उनले भने, “पछि सम्बन्धित मित्रहरूले दुख पाउनुहुन्छ ।”

उपाध्यक्ष नेम्वाङले प्रतिस्पर्धाका बाबजुद सबै दल मिलेर अगाडि बढ्नुपर्ने बताए ।

 

प्रतिक्रिया दिनुहोस्