Logo

नेपाल पीएनजीविरुद्ध ब्याटिङ गर्दैँ



काठमाडौँ, १७ चैत । त्रिकोणात्मक टी–ट्वान्टी अन्तर्राष्ट्रिय सिरिजमा आफ्नो तेश्रो खेलमा नेपाल टस हारेर ब्याटिङमा उत्रिएको छ । सिरिजको चौथो तथा आफ्नो तेश्रो खेलमा पीएनजीले टस जितेर फिल्डिङ रोजेपछि नेपाल ब्याटिङमा उत्रिएको हो ।

काठमाडौँको कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा नेपाल तेस्रो जितको खोजीमा हुनेछ । यसअघि नेपालले पहिलो खेलमा पीएनजीलाई १५ रनले पराजित गरेको थियो भने दोश्रो खेलमा मलेशिया नेपालसँग ६ विकेटले पराजित भएको थियो ।

२ खेलमा २ जित निकालेको नेपाल ४ अङ्कसहित अङ्कतालिकाको शीर्ष स्थानमा छ । २ खेलमा १ जित निकालेको मलेसिया २ अङ्कसहित दोस्रो स्थानमा छ भने अङ्कविहीन पीएनजी पुछारमा छ ।

प्रतिक्रिया दिनुहोस्