Logo

वडासम्मै चुनावी तालमेल गर्ने गठबन्धनको औपचारिक निर्णय



काठमाडौँ, १७ चैत । सत्तारुढ ५ दलीय गठबन्धनले आसन्न स्थानीय निर्वाचनमा गठबन्धन दलमा आवद्ध दलसँग मात्र चुनावी तालमेल गर्ने औपचारिक निर्णय गरेको छ ।

बिहीबार प्रधानमन्त्रीको सरकारी निवासमा बसेको गठबन्धन बैठकले यसका लागि केन्द्रदेखि स्थानीय तहसम्म लागि संयन्त्र निर्माण गर्ने निर्णय गरेको हो । संयन्त्रमार्फत आएको रिपोर्टका आधारमा मात्र उम्मेदवार छनौट गर्ने निर्णय बैठकमा भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ५ दलका शीर्ष नेताहरूको बैठकले चुनावी तालमेल गर्न प्रदेश, जिल्ला र पालिकास्तरमा कार्यदल बनाउने निर्णय गरेको काग्रेंसका नेता एवं सरकारका प्रवक्ता सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिए ।

‘प्रदेश, जिल्ला र पालिकामा ५ वटै दलका सम्बन्धित तहको नेतृत्व सम्मिलित संयन्त्र बनाउने र चैत २२ गतेभित्र सम्बन्धित पालिका, जिल्ला र प्रदेशमा ५ दलीय गठबन्धनको अवस्थाबारे त्यही संयन्त्रले प्रतिवेदन केन्द्रमा पठाएपछि कहाँ कसरी तालमेल गर्ने निर्णय हुने कार्कीले जानकारी दिए ।

 

प्रतिक्रिया दिनुहोस्