Logo

नगरप्रमुख चन्दसहित २६ जना जनप्रतिनिधि एकीकृत समाजवादीमा प्रवेश



कञ्चनपुर, २० चैत । कञ्चनपुरको बेदकोट नगरपालिकाका नगरप्रमुख अशोककुमार चन्दसहित २६ जना निर्वाचित जनप्रतिनिधि नेकपा (एकीकृत समाजवादी)मा प्रवेश गरेका छन् ।

पार्टीको नगरस्तरीय आमसभामा आज समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नगरप्रमुख चन्दसहित पाँच जना वडाध्यक्ष र वडा सदस्यलाई पार्टी प्रवेश गराएका छन् ।

समाजवादी प्रवेश गर्ने चन्दसहित सबै जनप्रतिनिधि वि.सं २०७४ मा स्थानीय तहको निर्वाचनमा एमालेबाट निर्वाचित भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्