Logo

आवश्यकताअनुसार तालमेल गर्न कोइरालाको आग्रह



पोखरा, २१ चैत । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा.शेखर कोइरालाले स्थानीय तहमा औचित्यका आधारमा तालमेल गर्न कार्यकर्तालाई निर्देशन दिएका छन् ।

नेपाली कांग्रेस गण्डकी प्रदेशद्वारा पोखरामा आज आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा उनले चुनावी तालमेल गर्ने अधिकार प्रदेश, जिल्ला, नगर र वडालाई भएकाले औचित्य आवश्यकताअनुसार निर्णय लिन कार्यकर्तालाई आग्रह गरेका छन् ।

जथाभाबी टिकट वितरण गर्ने होइन सक्षम र योग्य उम्मेदावरलाई निर्वाचनमा टिकट दिनुपर्छ भन्दै उनले भने, “प्रदेशले कांग्रेसको विधानअनुसार प्रदेश भर समन्वयकारी भूमिका निर्वाह गर्नुपर्दछ ।”

नेता काइरालाले तालमेलका नाममा वि.सं २०७४ को निर्वाचनमा माओवादीसँग गठबन्धन गरेका स्थानमा कांग्रेसले हारेको तर माओवादीलाई कांग्रेसले जिताएको स्मरण गर्दै विगतमा भरतपुर महानगरपालिका जस्तो तालमेल गर्न नहुने बताए ।

प्रतिक्रिया दिनुहोस्