Logo

भोजपुरमा १८ मतदानस्थल अति संवेदनशील



भोजपुर, २३ चैत । जिल्ला सुरक्षा समिति भोजपुरले १८ वटा मतदान स्थललाई अति संवेदनशीलको सूचीमा राखेको छ ।

यहाँका ८७ मतदान स्थलमध्ये १८ वटा मतदान केन्द्रलाई अति संवेदनशील, २३ वटालाई संवेदनशील र ४६ वटालाई सामान्यको सूचीमा वर्गीकरण गरिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

भौगोलिक विकटता, मतदाता र मतदान केन्द्रको दूरी र सुरक्षा पोष्टको पहुँचसहितका विभिन्न सूचकलाई आधार मानेर मतदान केन्द्रको वर्गीकरण जिल्ला गरिएको निर्वाचन कार्यालयले जनाएको छ । त्यस्तै, जिल्लाभर १६० मतदान केन्द्र तोकिएको छ ।

अति संवेदनशील र संवेदनशील सूचीमा परेका मतदान केन्द्रमा सोही अनुसारको सुरक्षा प्रबन्ध मिलाउन माथिल्लो निकायसँग सिफारिस गरिएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रमुख राजकुमार राईले बताए ।

 

प्रतिक्रिया दिनुहोस्