Logo

स्थानीय तह निर्वाचन: आचारसंहिता आज राति १२ बजेदेखि लागू हुने



काठमाडौँ, २५ चैत । आउँदो वैशाख ३० गते हुने पालिका निर्वाचनका लागि आज राति १२ बजेदेखि निर्वाचन आचारसंहिता लागू हुने भएको छ ।

निर्वाचन आयोगको बैठकले शुक्रबार राति १२ बजेदेखि आचारसंहिता लागू गर्ने निर्णय गरेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।

आयोगले गरेको पत्रकार सम्मेलनमा प्रवक्ता पौडेलले निर्वाचनको ३४ दिनअघिदेखि आचारसंहिता लागू गर्ने निर्णय गरेको बताए । आचारसंहिता यसअघि नै नेपाल राजपत्रमा प्रकाशित भइसकेको छ । आचारसंहितामा गर्न पाइने र गर्न नपाइने कुरा खुलाइएको छ ।

प्रतिक्रिया दिनुहोस्