Logo

विवाह बन्धनमा बाँधिए स्वप्न सुमन



काठमाडौँ, २३ वैशाख । गायक स्वप्न सुमन विवाह बन्धनमा बाँधिएका छन् ।

उनले मोडल ज्योत्सना योगीसँग लगनगाँठो कसेका हुन् । योगीले सामाजिक सञ्जालमा तस्बिर सेयर गर्दै यसबारे जानकारी दिएकी हुन् ।

उनीहरुले यसअघि आफ्नो सम्बन्धलाई साझा गरेका थिएनन् । विवाहको तस्बिर सेयर गर्दै योगीले सबैको माया र आशीर्वादको आशा व्यक्त गरेकी छन् ।

प्रतिक्रिया दिनुहोस्