Logo

बिर्तामोडमा आइतवार विदा नहुने



बिर्तामोड, २२ जेठ । बिर्तामोड नगरपालिका क्षेत्रमा आइतवार सार्वजनिक विदा नहुने भएको छ ।

नगरप्रमुख पवित्रा महतारा प्रसाईको अध्यक्षतामा आइतबार बसेको कार्यपालिका बैठकले आगामि असार १ गतेदेखि लागु हुने गरी २०७९ जेठ १ गते भन्दा अघि वमोजिम नै विदा र समयलाई निरन्तरता दिने निर्णय गरेको हो । स्थानीय नगरवासी, विद्यालय र विद्यार्थीको मागसमेतलाई ध्यानमा राखि उक्त निर्णय गरीएको नगरपालिकाले जनाएको छ ।

यस्तै आइतबार बसेको कार्यपालिका बैठकले वडा नम्बर ३ बिर्ताबजारमा बिर्ताबजार कृषि तथा सामुदायिक भवन जेठ २७ गतेबाट निर्माण प्रारम्भ हुने भएकोले त्यस स्थानमा रहेका व्यापारी, व्यवसायीहरुलाई भवन निर्माण नहुँदासम्मका लागि महेन्द्ररत्न माध्यमिक विद्यालयको कम्पाउण्ड बाहिर रहेको जग्गामा बजार व्यवस्थापन गर्न विद्यालय व्यवस्थापन समितिलाई जग्गा उपलव्ध गराईदिन अनुरोध गर्ने निर्णय गरेको छ । भवन निर्माण सम्पन्न भएपछि उक्त जग्गा स्वत खाली गरिदिनु पर्ने छ ।

उक्त स्थानमा व्यवसाय गर्दै आएका व्यापारीहरुले जेठ २६ गते बिहिबार सम्ममा टहरा खाली गरिदिने प्रतिवद्वता जनाएकोले २७ गतेबाट पुराना टहरा भत्काउने र नयाँ भवन निर्माण सुरु गर्न ठेकेदारलाई अनुरोध गर्ने निर्णय गरीएको हो ।

त्यसैगरी आजको बैठकले भौतिक पूर्वाधार सम्बन्धी विभिन्न योजनाहरु प्रदेश मन्त्रालयसँग माग गर्ने निर्णय पनि गरेको छ ।

प्रतिक्रिया दिनुहोस्