Logo

युक्रेनलाई हराउँदै वेल्स विश्वकपमा छनोट



वेल्स, २३ जेठ । युक्रेनलाई पराजित गर्दै वेल्स कतारमा आयोजना हुने फिफा विश्वकप २०२२ मा छनोट हुन सफल भएको छ ।

युरोपेली छनोटको प्ले अफको फाइनलमा युक्रेनलाई १-० ले पराजित गर्दै वेल्स दोस्रो पटक विश्वकपमा छनोट हुन सफल भएको हो । वेल्स ६४ वर्षपछि विश्वकपमा छनोट हुन सफल भएको हो ।

वेल्सले यसअघि सन् १९५८ मा पहिलो पल्ट विश्वकप खेलेको थियो । त्यसयता वेल्स विश्वकपको छनोट नजिक पुगेपछि छनोट हुन सकेको थिएन ।

कार्डिफमा आइतबार राति भएको खेलमा वेल्सको जितमा पहिलो हाफमा एन्ड्रिए योर्मोलेन्कोले गरेको आत्मघाती गोल नै निर्णायक बन्यो । उनले ३४औं मिनेटमा ग्यारेथ बेलको फ्रिकिकलाई बचाउने क्रममा आफ्नै पोस्टमा गोल गर्न पुगेका थिए ।

प्रतिक्रिया दिनुहोस्