Logo

गर्मी बढेपछि विद्यालय बन्द



बाँके, २६ जेठ । गर्मी बढेपछि बाँकेका तीन पालिकाले विद्यालय बन्द गर्ने निर्णय गरेका छन् ।

नेपालगञ्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका र खजुरा गाउँपालिकाले विद्यालय बन्द गर्ने निर्णय गरेका हुन् ।

गर्मी बढेका कारण पठनपाठनमा समस्या आएकाले पाँच दिनका लागि विद्यालय बन्द गर्ने निर्णय गरिएको शिक्षा, युवा तथा खेलकुद महाशाखा प्रमुख गोरखबहादुर थापाले जानकारी दिए ।

उनका अनुसार यही जेठ २७ देखि जेठ ३१ गतेसम्म विद्यालयको पठनपाठन बन्द गरिनेछ । अभिभावकको अनुरोधको आधारमा शिक्षा सम्बद्ध सङ्घ-संस्थासँग समन्वय गरी विद्यालय बन्द गर्ने निर्णय गरिएको हो ।

कोहलपुर नगरपालिकाले पनि शिक्षासँग सम्बन्ध विभिन्न सरोकारवाला सङ्घ-संस्थासँग समनवय गरी विद्यालय बन्द गर्ने निर्णय गरिएको जनाएको छ । मौसममा सुधार भएमा बिदाको समय परिवर्तन हुन सक्ने सूचनामा उल्लेख गरिएको छ । परीक्षाका कार्यक्रम भने नियमित हुने भएका छन् ।

यस्तै खजुरा गाउँपालिकाले पनि सबै विद्यालयको पठनपाठन बन्द गर्ने निर्णय गरेको छ । शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख खगेन्द्रबहादुर मल्लले गर्मी बढेर पठनपाठनमा समस्या आएपछि पाँच दिनका लागि विद्यालय बन्द गरिएको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्