Logo

पेरुलाई हराउँदै अष्ट्रेलिया विश्वकपमा छनोट



काठमाडौँ, ३१ जेठ । पेरुलाई पराजित गर्दै अष्ट्रेलिया कतार विश्वकप २०२२ मा छनोट भएको छ ।

सोमबार राति भएको इन्टर कन्टिनेन्टल प्लेअफमा निर्धारित समय ९० र अतिरिक्त ३० मिनेटमा कुनै गोल नभएपछि खेलको छिनोफानो पेनाल्टी सुटआउटमा भएको थियो ।

एसियाली पावर हाउस अष्ट्रेलियाले अन्तरमहादेशीय छनोटमा पेरुलाई पराजित गरेको हो  । पेनाल्टी समेत ४-४ को बराबरी भएपछि खेलको नतिजा सडन डेथमा भएको थियो । जहाँ अष्ट्रेलियाका भेट्रान गोलरक्षक आन्द्रे रेडमायने नायक बने । ३३ वर्षिय खेलाडीले पेरुका एलेक्स भालेराको पेनाल्टी बचाएका थिए  ।

प्रतिक्रिया दिनुहोस्