Logo

अमरनाथमा बादल फाट्दा १६ जनाको मृत्यु, ४० जना बेपत्ता



भारत, २५ असार । भारतको अमरनाथको पवित्र मन्दिर नजिकै शुक्रबार अपराह्न बादल फाट्दा १६ जना तीर्थयात्रीको मृत्यु भएको छ भने ४० जना वेपत्ता भएका छन् ।

भारतको राष्ट्रिय विपद् व्यवस्थापन बलले दुर्घटनामा परेर बेपत्ता भएकाहरूको खोजी तथा उद्दारका कार्य तीव्र गतिमा सञ्चालन गरिएको जनाएको छ ।

एकसय जनाभन्दा बढी उद्धारकर्तासहितको चारवटा टोली घटनास्थलमा परिचालन गरिएको छ । हराएकाको खोजी जारी रहेको जानकारी दिँदै उक्त बलले वर्षा जारी रहे पनि उद्दारमा कुनै कठिनाइ नभएको बताएको छ ।

भारतीय वायु सेना, बीएसएफ, एसडीआरएफ, सीआरपीएफ र अन्य निकायले उद्धारका काम जारी राखेका छन् ।

प्रतिक्रिया दिनुहोस्