Logo

चीनद्वारा अमेरिकालाई क्युवामाथिको प्रतिबन्ध हटाउन आग्रह



चिन, २७ असार । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले सोमबार संयुक्त राज्य अमेरिकालाई क्युवामाथिको एकपक्षीय प्रतिबन्ध पूर्ण रूपमा हटाउन आग्रह गरेका छन् ।

अमेरिकी विदेश मन्त्रालयले जुलाई ९ मा २८ क्युबाली अधिकारीहरूमाथि भिसा प्रतिबन्धको घोषणा गरेको बारे सोधिएको प्रश्नको जवाफ दिने क्रममा प्रवक्ता वाङ वेनबिनले उक्त टिप्पणी गरेका हुन् ।

वाङले दैनिक समाचार ब्रिफिङमा चीनले क्युवाली सरकार र त्यहाँका जनताले सामाजिक स्थायित्व कायम गर्न गरेको प्रयासलाई दृढतापूर्वक समर्थन गर्ने पनि बताएका छन् । संयुक्त राज्य अमेरिकाले क्युवाली अधिकारीहरू विरुद्ध लगाएको एकतर्फी प्रतिबन्धहरू, जसको अन्तरराष्ट्रिय कानुनमा कुनै आधार छैन त्यो विशिष्ट ‘जबरदस्ती कूटनीति’ हो, उनको टिप्पणी छ ।

प्रतिक्रिया दिनुहोस्