Logo

नोभेम्बर सम्ममा विश्वको जनसङ्ख्या ८ अर्ब पुग्ने: राष्ट्रसंघ



अमेरिका, २७ असार । नोभेम्बर १५ सम्ममा विश्वको जनसङ्ख्या आठ अर्ब पुग्ने प्रक्षेपण गरिएको छ ।

संयुक्त राष्ट्रसंघका अधिकारीले सोमबार विश्व जनसङ्ख्या दिवसका अवसरमा दिएको जानकारी अनुसार सन् २०२३ मा भारतले चीनलाई सबैभन्दा बढी जनसङ्ख्या भएको मुलुकको रूपमा उछिन्ने प्रक्षेपण पनि गरिएको छ ।

उक्त अवसरमा संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले भने, “पृथ्वीको हेरचाह गर्ने हाम्रो साझा जिम्मेवारी हो । यो हामी अझै पनि एक अर्काप्रति को प्रतिबद्धताहरू पूरा गर्न चुकेका छौं भन्ने कुरा मनन गर्ने क्षण हो ।”

‘वल्र्ड पपुलेसन प्रस्पेक्ट्स २०२२’ अनुसार सन् १९५० देखि अहिलेसम्म आइपुग्दा जनसङ्ख्या वृद्धि दरमा सुस्तता आएको छ । सन् २०२० मा यो दर एक प्रतिशत भन्दा कम भएको थियो । विश्वको जनसङ्ख्या सन् २०३० मा लगभग आठ अर्ब ५० करोड, सन् २०५० मा नौ अर्ब ७० करोड र सन् २०८० को दशकमा करिब १० अर्ब ४० करोड पुग्ने अनुमान वल्र्ड पपुलेसन प्रस्पेक्ट्स २०२२ ले गरेको छ ।

प्रतिक्रिया दिनुहोस्