Logo

भिनित्सिया शहरमा क्षेप्यास्त्र प्रहार



युक्रेन, ३१ असार । युक्रेनको मध्य भागमा रहेको भिनित्सिया शहरमा रुसी सेनाले क्षेप्यास्त्र प्रहार गरेको छ ।

घटनामा तीन बालबालिकासहित कम्तीमा २३ जनाको मृत्यु भएको अधिकारीहरुले जनाएका छन् । करिब १०० जना घाइते भएका छन् ।

तीनवटा रुसी क्षेप्यास्त्र प्रहार हुँदा कार्यालयहरूका लागि प्रयोग हुने र आवासीय भवनमा क्षति पुगेको बताइएको छ। युक्रेनी राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीले उक्त कार्यलाई खुलमखुला गरिएको आतंकवादी कार्य भनेका छन् ।

युक्रेनी राष्ट्रपति कार्यालयले उक्त आक्रमण ब्ल्याक सीमा रहेको पनडुब्बीबाट कालिब्र क्रुज क्षेप्यास्त्र प्रहार गर्ने यन्त्रबाट भएको बताएको छ ।

प्रतिक्रिया दिनुहोस्