Logo

श्रीलंकाका राष्ट्रपति राजापाक्षेले बुझाए राजीनामा



श्रीलंका, ३१ असार । श्रीलंकाका राष्ट्रपति गोटाबाया राजापाक्षेले आफ्नो पदबाट औपचारिक रूपमा राजीनामा दिएको संसदका सभामुख महिन्दा यापा अबेवर्देनाले आज घोषणा गरेका छन् ।

सञ्चारमाध्यमलाई सम्बोधन गर्दै सभामुखले भनेका छन्, राष्ट्रपतिको आधिकारिक राजीनामा पत्र हिजो मात्र प्राप्त भयो । सभामुखले संविधानबमोजिम नयाँ राष्ट्रपतिको नियुक्ति नभएसम्म प्रधानमन्त्री रनिल विक्रमासिङ्घेले कार्यवाहक राष्ट्रपतिको रुपमा काम गर्ने छन् ।

उनले नयाँ राष्ट्रपतिको नियुक्तिको लागि संसदीय प्रक्रिया सुरु गर्न जुलाई १६ अर्थात् शनिबार संसदको बैठक बोलाउने योजना रहेको बताए । सभामुख महिन्दा यापा आबेवर्देनाले आगामी ७ दिनभित्र नयाँ राष्ट्रपति चयनका लागि संसद्को प्रक्रिया पूरा गर्ने पनि सञ्चारमाध्यमलाई जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्