Logo

पाकिस्तानमा युवती अपहरणको विरोधमा हिन्दु समुदायको प्रदर्शन



पाकिस्ता, ३१ असार । पाकिस्तानी हिन्दु समुदायले पूर्व राष्ट्रपति आसिफ अली जरदारीको सिन्ध प्रान्तको नवाबशाहस्थित निवास अगाडि १६ वर्षीया युवतीलाई अपहरण गरी जबरजस्ती धर्म परिवर्तन गरेर विवाह गराएको आरोपमा विरोध प्रदर्शन गरेका छन् ।

अपहृत युवती करीना नामकी हिन्दु युवती रहेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रदर्शनकारीहरूका अनुसार युवतीलाई खलील रहमान जोनोका परिवारका सदस्यहरूले जुलाई ६ मा काजी अहमद टाउनको उन्नार मुहल्लामा अपहरण गरेका थिए । प्रदर्शनकारीले प्रहरीविरुद्ध नाराबाजी गर्दै युवतीको खोजीका निम्ति पूर्वराष्ट्रपतिलाई हस्तक्षेप गर्न आग्रह गरेका छन् ।

स्थानीय प्रहरीले करिनालाई अपहरण नगरेको भन्दै मीर मोहम्मद जोनो गाउँका खलील रहमान जोनोसँग भागेर कराचीको अदालतमा विवाह गरेको बताएको छ । प्रहरीका अनुसार सुन्दरमलले दिएको उजुरीको आधारमा खलीलका बुबा असगर जोनोलाई धारा ३६५ बी बमोजिम एफआइआर दर्ता गरेपछि पक्राउ गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्