Logo

श्रीलङ्काका पूर्वप्रधानमन्त्री र पूर्व अर्थमन्त्रीलाई देश छाड्न प्रतिबन्ध



श्रीलङ्का, ३१ असार । श्रीलङ्काको सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री महिन्दा राजापाक्षे र पूर्व अर्थमन्त्री बासिल राजपाक्षेलाई देश छाड्न प्रतिबन्ध लगाएको बीबीसीले जनाएको छ ।

बासिल राजापाक्षेले केही दिनअघि श्रीलङ्का छाडेर जाने प्रयास गरेको थिए तर विमानस्थलका कर्मचारीले उनलाई विमानसम्म जान दिएका थिएनन् । त्यसपछि श्रीलङ्काको सर्वोच्च अदालतले दुवै नेतालाई जुलाई २८ सम्म देश छाडेर जान प्रतिबन्ध लगाएको हो ।

यसअघि श्रीलङ्काका पूर्वराष्ट्रपति गोटाबाया राजापाक्षे देश छाडेर सिङ्गापुर पुगिसकेका छन् । उनले सिङ्गापुरबाटै इमेलको माध्यमबाट राजीनामा दिएका छन् ।

सिङ्गापुर सरकारले गोटाबाया राजापाक्षे त्यहाँ आइपुगेपछि लागेको आरोपहरूको खण्डन गर्नका लागि स्पष्टीकरण नै जारी गरेको छ । राजापाक्षेलाई कुनै राजनीतिक शरण दिएको नभइ उनी व्यक्तिगत भ्रमणका क्रममा त्यहाँ आइपुगेका जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्