Logo

श्रीलङ्काले चीनसँग ४ अर्ब डलर सहयोग माग्ने



श्रीलङ्का, ३२ असार । श्रीलङ्काले वित्तीय तथा आर्थिक सङ्कट व्यवस्थापनका लागि चीनसँग ४ अर्ब डलर सहयोग माग्ने तयारी गरेको छ ।

बेइजिङमा रहेका श्रीलङ्काली राजदूत पलिथा कोहोनाले यो सहयोगका लागि चीनले सहमति जनाउनेमा आफू विश्वस्त भएको बताएका छन् ।

श्रीलङ्काले चीनसहित जापान, अन्तर्राष्ट्रिय मुद्रा कोष तथा व्यावसायिक कर्जादाताहरूसँग पनि मद्दत मागेको बीबीसीले जनाएको छ । तर श्रीलङ्काको बाह्य ऋणमध्ये झन्डै १० प्रतिशत वा ५ अर्ब डलर चिनियाँ ऋण नै रहेको छ ।

आर्थिक सङ्कटकै कारण त्यहाँ उपभोग्य सामग्रीको सहज आपूर्ति हुन सकेको छैन । महँगी चुलिएको छ । खानेकुरा, औषधि र इन्धनको अभाव कामयै छ । त्यहाँ महिनौदेखि भैरहेको प्रदर्शनका कारण देश छाडेका राष्ट्रपति गोटाबाय राजापाक्षेले राजीनामा दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्