Logo

मेक्सिकोमा हेलिकप्टर दुर्घटना हुँदा १४ जना सैनिकको मृत्यु



मेक्सिको, ३२ असार । मेक्सिकोमा हेलिकप्टर दुर्घटना हुँदा १४ जना सैनिकको मृत्यु भएको छ । यो दुर्घटनामा एक जना बाँच्न सफल भएका छन् ।

उत्तरी मेक्सिकोमा लागुऔषध तस्करीमा संलग्नलाई पक्राउ गर्न खटिएको सैनिक हेलिकप्टर दुर्घटना हुँदा उनीहरुको ज्यान गएको मेक्सिकोको नौसेनाले जनाएको समाचार संस्था सिन्ह्वाले उल्लेख गरेको छ ।

नौसेनाको स्वामित्वमा रहेको ब्ल्याक हक हेलिकप्टरले उत्तरी राज्य सिनालोआमा एकदिन अघि पक्राउ परेका गुआडालाजारा कार्टेलका संस्थापक राफेल कारो क्विन्टेरो बोकेको अर्को विमानको सुरक्षा गरिरहेको थियो ।

प्रतिक्रिया दिनुहोस्