Logo

पोर्चुगलमा विमान दुर्घटनामा परी चालकको मृत्यु



लिस्बन, ३२ असार । पोर्चुगलमा भएको विमान दुर्घटनामा परी विमान चालकको मृत्यु भएको छ । देशको भिला नोभा डे फोज कोय नगरपालिकामा शुक्रबार घटना भएको स्थानीय अधिकारीहरूले जानकारी दिएका छन् ।

राष्ट्रिय आपतकालीन स्वास्थ्य सेवा संस्थाका चिकित्सकहरूको टोलीले ती चालकको घटनास्थलमै मृत्यु भएको पुष्टि गरेका छन् ।“दुर्घटनाग्रस्त विमानमा आगलागी समेत भएकाले विमान पुरै क्षतिग्रस्त भएको छ,” एक स्थानीय अधिकारीले भने ।

देशको हवाई तथा रेलमार्ग दुर्घटना न्यूनिकरण तथा अनुसन्धान कार्यालयले घटनाको छानविनका लागि टोली परिचालन गरेको छ ।दुर्घटनाप्रति प्रधानमन्त्री मार्सेलो रिवेलो डे सौसाले दुःख व्यक्त गर्दै दुर्घटनामा परी निधन भएका विमान चालकप्रति श्रद्धाञ्जली व्यक्त गर्नु भएको छ ।

पोर्चुगलमा अहिले अत्यन्त गर्मी रहेको र गर्मीका कारण यस्ता दुर्घटना धेरै हुने गरेको पाइएको छ । त्यसैगरी गर्मीको समयमा आगलागी सम्बन्धी घटना पनि धेरै हुने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्