Logo

निकोपोल सहरमा रुसको आक्रमण: ३७ जनाको मृत्यु



युक्रेन, १ साउन । युक्रेनको दक्षिणी सहर निकोपोलमा रुसले गरेको मिसाइल आक्रमणमा परि कम्तीमा ३७ जनाको मृत्यु भएको छ । केही नागरिक घाइते भएका छन् । त्यहाँ पछिल्ला तीन दिन लगातार आक्रमणका घटना भइरहेका छन् ।

रुसको लामो दूरीको क्रुज मिसाइल आक्रमणले मध्य सहर डिनिप्रोमा रहेको अन्तरिक्ष रकेट प्लान्टमा समेत क्षति पुगेको बीबीसीले जनाएको छ ।

आक्रमणबाट नजिकै रहेको आवासीय भवनमा क्षति पुगेको छ । रुसको निशानामा आवासीय भवन तथा महत्त्वपूर्ण क्षेत्रहरू परेका छन् । गएको फेब्रुअरी २४ देखि रुसले युक्रेनमा आक्रमण सुरु गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्