Logo

युक्रेनी कम्पनीको कार्गो जहाज दुर्घटना



युक्रेन, १ साउन । युक्रेनी कम्पनीले सञ्चालन गरिरहेको एउटा कार्गो जहाज उत्तरी ग्रिसको काभलामा दुर्घटनामा परेको छ ।

त्यहाँका सञ्चार माध्यमहरुका अनुसार सर्वियाबाट जोर्डनतर्फ जाँदै गरेको एन्टोनोभ-१२ जहाज दुर्घटनामा परेको हो ।

यो जहाजले १२ हजार टन सामान बोकेको थियो । जहाजमा कति मानिस थिए भन्ने एकिन भएको छैन । अधिकारीहरुका अनुसार विमानमा आठ जनाको बोर्डिङ भएको सामान्य जानकारी प्राप्त भएको छ । जहाज दुर्घटनालगत्तै आगलागी भएको छ ।

ग्रिसको हवाई नियन्त्रण सम्बन्धी निकायले विमान चालकले इन्जिनमा खराबी आएको भन्दै आकस्मिक अवतरणका लागि सहयोग मागिरहेका थिए । तर विमान रन-वे मा नपुग्दै दुर्घटनाग्रस्त भएको हो ।

प्रतिक्रिया दिनुहोस्