Logo

मङ्कीपक्सविरुद्ध खोप लगाउँदै थाइल्याण्ड



थाइल्याण्ड, १७ साउन । थाइल्याण्ड सरकारले मङ्कीपक्सविरुद्ध खोप लगाउने भएको छ ।

उच्च जोखिममा रहेका समूहलाई खोप लगाउने योजना रहेको थाई स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

उक्त मन्त्रालयका अनुसार एक हजार मात्रा खोपको पहिलो खेप यही महिना र दोस्रो खेप दुई सातापछि थाइल्याण्ड आइपुग्ने अपेक्षा गरिएको छ ।

खोपको पहिलो खेप पाँच सय जनाका लागि उपलब्ध हुने तर कुन समूहलाई प्राथमिकतामा राख्ने भन्ने निर्णय भइसकेको छैन ।

देशमा हालसम्म मङ्कीपक्स दुई जना बिरामी फेला परेका छन् । फुकेट टापुमा परीक्षण गर्दा पहिलोपटक एक जना नाइजेरियाली नागरिक र एक थाई नागरिकलाई दोस्रो बिरामीका रूपमा पहिचान गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्