Logo

नेपालमा ६६० जनामा कोरोना संक्रमण, एकको मृत्यु



काठमाडौँ, २१ साउन । नेपालमा पछिल्लो २४ घण्टामा थप ६६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ६८२ जनाको स्वाब परीक्षण गर्दा पीसीआर विधिबाट ३२६ तथा एन्टिजेन विधिबाट ३३४ जनामा गरी ६६० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । पछिल्लो समय मुलुकमा कोरोना संक्रमितको संख्या बढ्दो छ ।

कोरोनाबाट आज ४४४ जना निको भएका छन् भने एक जनाको मृत्यु भएको छ । हाल मुलुकमा सक्रिय संक्रमितको संख्या पाँच हजार ६४१ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्