Logo

पछिल्लो २४ घण्टामा दुई सय ६३ जनामा कोरोना, दुई जनाको मृत्यु



काठमाडौँ, २८ साउन । पछिल्लो २४ घण्टामा दुई सय ६३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

पीसीआर र एन्टिजेन गरि तीन हजार एक सय ६५ जनाको नमूना परीक्षण गर्दा दुई सय ६३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा पाँच सय एक जना कोरोना संक्रमित निको भएका छन् भने कोरोना संक्रमणका कारण दुई जनाको मृत्यु भएको छ ।

नेपालमा हाल पाँच हजार चार सय ३४ जना कोरोना भाइरसका सक्रिय संक्रमित रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्