Logo

भारतमा एकैदिन १४ हजारभन्दा बढीमा कोरोना संक्रमण



भारत, ३० साउन । भारतमा एकैदिन १४ हजारभन्दा बढीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

सरकारी अधिकारीले सोमबार दिएको जानकारीअनुसार पछिल्लो एक दिनमा १४ हजार नौ सय १७ नयाँ सङ्क्रमित भएका हुन् ।

यसैसँगै भारतमा हाल कुल सङ्क्रमतिको सङ्ख्या चार करोड ४२ लाख ६८ हजार तीन सय ८१ जना पुगेका सङ्घीय स्वास्थ्य मन्त्रालयले सोमबार सार्वजनिक गरेको छ । भारतमा अहिले सक्रिय सङ्क्रमितको सङ्ख्या एक लाख १७ हजार पाँच सय ८ रहेको छ ।

कोरोना संक्रमणबाट बितेको २४ घण्टामा ३२ जनाको मृत्यु भएको छ । कोरोना संक्रमणबाट हालसम्म पाँच लाख २७ हजार ६९ व्यक्तिको मृत्यु भइसकेको छ ।

भारतमा एकदिन १४ हजार दुई सय ३८ जना कोरोनामुक्त भएका छन् । यसैसँगै कूल चार करोड ३६ लाख २३ हजार आठ सय चार जना कोरोनामुक्त भएका छन् ।

प्रतिक्रिया दिनुहोस्