Logo

एकैदिन ८ सय ८८ जनामा कोरोना संक्रमण



काठमाडौँ, ३० साउन । पछिल्लो २४ घण्टामा ८ सय ८८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

पीसीआर र एन्टिजेन गरी पाँच हजार सात सय ३७ जनाको नमुना परीक्षण गर्दा आठ सय ८८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यही अवधिमा एक जना सङ्क्रमितको मृत्यु भएको छ । यस्तै ४ सय ७४ जना सङ्क्रमणमुक्त भएका छन् । नेपालमा कोरोना भाइरसका सक्रिय सङ्क्रमितको सङ्ख्या पाँच हजार तीन सय ८७ जना पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्