Logo

पछिल्लो २४ घण्टामा ८५२ जनामा कोरोना सङ्क्रमण



काठमाडौँ, १ भदौ । पछिल्लो २४ घण्टामा आठ सय ५२ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।

पीसीआर र एन्टिजेन गरी ६ हजार तीन सय ८३ जनाको नमुना परीक्षण गर्दा आठ सय ५२ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यही अवधिमा तीन सय २८ जना कोरोना सङ्क्रमित निको भएका छन् । पछिल्लो २४ घण्टामा कोरोना भाइरस सङ्क्रमणका कारण कसैको पनि मृत्यु भएको छैन् । अहिले नेपालमा पाँच हजार चार सय ६२ जना कोरोना भाइरसका सक्रिय सङ्क्रमित रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्