Logo

एकैदिन पाँच सय ४२ जनामा कोरोना सङ्क्रमण



काठमाडौँ, २ भदौ । नेपालमा एकैदिन पाँच सय ४२ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।

पीसीआर र एन्टिजेन गरी चार हजार नौ सय ३० जनाको नमुना परीक्षण गर्दा पाँच सय ४२ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा चार सय २१ जना सङ्क्रमित निको भएका छन् । अहिले नेपालमा पाँच हजार दुई सय ६५ जना कोरोना भाइरसका सक्रिय सङ्क्रमित रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्