Logo

प्रदीप गिरिको स्वास्थ्य लाभको कामनासहित प्रार्थना



काठमाडौँ, ३ भदौ । नेपाली समकालीन राजनीतिका वरिष्ठ राजनीतिज्ञ तथा समाजवादी चिन्तक माननीय प्रदीप गिरि प्राणघातक क्यान्सर रोगबाट ग्रसित भई मेडीसिटी अस्पतालको आइसियु कक्षमा भेन्टिलेटरको सहायतामा उपचार गरिरहेका छन् ।

उनको शीघ्र स्वास्थ्य लाभको कामाना गर्दै आज नेपाली काङ्ग्रेस वैचारिक अभियानको आयोजनामा नेपाल साङ्स्कृतिक सङ्घ, डिल्ली बजारमा प्रार्थना शभा गरेको छ ।

नेपाली काङ्गग्रेस वैचारिक अभियानका संस्थापक संयोजक युवराज खातीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वैचारिक नेता नरहरी आचार्य, दीपकुमार उपाध्याय, दुर्गासुवेदी लगायतले उनको ब्यक्तित्वको बारेमा प्रकाश पार्दै स्वास्थलाभको कामना गरेका थिए ।

उक्त कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरु एनपि सावद, दीपक गिरि, सन्जय गौतम ,प्रतिमा गौतम ,गुरु बराल नानू बास्तोला साथै नेताहरु तिर्थराम डंगोल ,होमनाथ दाहाल को पनि सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस्