Logo

पछिल्लो २४ घण्टामा ६ सय ५८ जनामा कोरोना



काठमाडौँ, ६ भदौ । पछिल्लो २४ घण्टामा ६ सय ५८ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।

पीसीआर र एन्टिजेन गरी ६ हजार ६ सय ४३ जनाको नमुना परीक्षण गर्दा ६ सय ५८ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यही अवधिमा चार सय ५६ जना सङ्क्रमित निको भएका छन् । पछिल्लो २४ घण्टामा कोरोना भाइरसको सङ्क्रमणका कारण एक जनाको मृत्यु भएको छ । नेपालमा कोरोना भाइरसका सक्रिय सङ्क्रमित चार हजार दुई सय ९६ जना छन् ।

प्रतिक्रिया दिनुहोस्